मोटो भुँडी भएकाको यौन क्षमता बढी

मोटो भुँडी भएर चिन्ता लिनु भएको छ भने चिन्तित् नहुनुहोस् । मोटो भुँडीले बेफाइदा मात्रै होइन फाइदा पनि हुने एक अध्ययनले देखाएको छ । हालै गरिएको उक्त अध्ययनले भुँडी बढ्दा फाइदा हुने दावी गरेको हो ।

ठूलो भुँडी हुने पुरुषमा यौन क्षमता बढी हुने टर्कीको आर्काइस विश्वविद्यालयले गरेको अध्ययनमा उल्लेख गरिएको छ । उक्त अध्ययनका शोधकर्ताहरुले ठूलो भुँडी भएका पुरुषको यौन जीवन सुखद हुने बताएका छन् ।

शोधकर्ताहरुले दुई सय जना पुरुषमाथि अध्ययन गरी तयार गरिएको उक्त प्रतिवेदनमा उल्लेख गरिएको छ, ‘एस्ट्राडियोल फिमेल सेक्स हार्माेन हो जसले पुरुषलाई अर्गाज्म अर्थात चरम यौन सन्तुष्टिमा भूमिका खेल्छ ।’

Leave a Reply

Your email address will not be published.