मेलिना मानन्धरको हनिमुन: रातभर मुड ठीक भएन

सात वर्षअघि हाम्रो बिहे भएको हो। विवाहको केही दिनमै चलचित्रको छायांकन परेकाले हनिमुन जाने मौका मिलेन। संयुक्त परिवार भएकाले परिवारको चाहना पनि बुझ्नै पर्‍यो। लामो समयको प्रेमपछि हामीले विवाह गरेका हौं। प्रेमी (मुकेश ढकाल) श्रीमान् बन्नुभयो। melina_mamandhar_149868736 मलाई पनि पारिवारिक वातावरण मन पर्ने। तर पनि बुहारी भएपछि जिम्मेवारी फेरिँदो रहेछ। चाहेको कुरा भन्न नसकिने, मन लागेको कुरा तुरुन्त गर्न नसकिने हुँदो रहेछ। श्रीमान् यस्तो कुरामा सहयोगी हुनुहुन्थ्यो। तर पनि उहाँ नहुँदा घरमा एक्लो महसुस हुन्थ्यो। बिनाकाम बाहिर नगइदिए हुन्थ्योजस्तो लाग्थ्यो। परिवारमा सबैको चाहना बुझिनसक्दासम्म श्रीमान् घरमै हुँदा मन ढुक्क हुन्थ्यो। विवाहको केही महिनापछि एउटा कार्यक्रममा बाहिर जाने मौका मिल्यो। पोखरा बाटोमा परेकाले कार्यक्रम आयोजक एकजना साथीले हाम्रो लागि उपहारस्वरूप एक रातका लागि होटेलमा हनिमुन रुम बुक गरिदिनुभएको रहेछ। जसले हनिमुन मनाए असाध्यै राम्रो काम गरे। हनिमुन एकअर्कालाई बुझ्ने राम्रो समय हो। कहिले कामको व्यस्तता कहिले विभिन्न समस्या। हनिमुन भनेर हामी कतै जान पाएनौं। हनिमुन अनुभव गर्न नपाउँदा मलाई धेरै कुरा छुटाएजस्तो महसुस हुन्छ। साँझपख होटेलबाट घुम्न बाहिर निस्किएका थियौं। बाटोमा एउटा बेकरी सप देखेँ। मलाई केक खान मन लाग्यो। मैले उहाँसँग भनिहालेँ। उहाँ कुन मुडमा हुनुहुन्थ्यो कुन्नि, ‘तिमीलाई जति बेला जे देख्यो त्यही चाहिने?’ भन्नुभयो। सामान्य तरिकाले उहाँले भन्नुभएको कुरा भए पनि मलाई नराम्रो लाग्यो। त्यसपछि मेरो मुड नै बिग्रियो। रातभर मुड ठीक भएन। नबोली रिसाएरै रात बित्यो। भोलिपल्ट बिहानमात्र बोलचाल भयो।

रातभर उहाँले पनि ‘यति सानो कुरामा किन रिसाएको’ भनेर फकाएको भए हुन्थ्यो तर फकाउनुभएन। मैले पनि आफ्नो मनलाई सम्झाउने प्रयास गरिनँ। त्यो रात हामीले निकै रमाइलोसँग बिताउन सक्थ्यौं। त्यति सानो कुरामा त्यो रमाइलो पल गुमायौं। पछि धेरै पछुतो लाग्यो। कहिले कामको व्यस्तता, कहिले विभिन्न समस्या। हनिमुन भनेर कतै जान पाएनौं। हनिमुन अनुभव गर्न नपाउँदा मैले धेरै कुरा छुटाएजस्तो महसुस हुन्छ। हनिमुन एकअर्कालाई बुझ्ने राम्रो समय हो। जसले हनिमुन मनाए असाध्यै राम्रो काम गरे। अहिले मलाई समय मिलाएर त्यति बेला हनिमुन जान पाएको भए हुन्थ्यो भन्ने लागिरहन्छ।